२३ भाद्र २०७५, शनिबार

काठमाडौं, २३ भदौ । पूर्व युवराज्ञी हिमानी शाहद्वारा स्थापित ट्रष्टले बनाएको विद्यालय भवन पूर्व रानी कोमल शाहले हस्तान्तरण गर्नु भएको छ । पालुङटार ९गोरखामा पूर्व राजपरिवारका सदस्य एकै मञ्चमा उपस्थित भएर विद्यालय हस्तान्तरण कार्यक्रम सम्पन्न गरिएको हो ।

गोरखाको पालुङटार नगरपालिका–५ ठाँटीपोखरीस्थित भवानी माविको विद्यालय भवन उद्घाटन कार्यक्रममा पूर्व रानी कोमल शाह, पूर्व युवराज पारस शाह र पूर्व युवराज्ञी हिमानी शाह सरिक भएका हुन् । राज परिवार यसरी एक कार्यक्रममा सहभागी भएको यो पहिलो अवसर हो । लामो समयदेखि सार्वजनिक स्थलमासँगै नदेखिएका पूर्व युवराज पारस र पूर्व युवराज्ञी हिमानीले सँगै एकै कार्यक्रममा सहभागी भएका हुन् ।

‘हिमानी र पारस एकै मञ्चमा देखिनु ऐतिहासीक क्षण नै बनेको छ । २०७२ वैशाख १२ को भूकम्पले भत्काएको भवानी माविको विद्यालय भवन हिमानी ट्रस्ट र बुद्घिष्ट अर्गनाइजेशनले संयुक्त रुपमा निर्माण गरेको हो । २०७३ मंसिर १९ गते ट्रस्टकी अध्यक्ष हिमानीले शिलन्यास गरेको भवनको उद्घाटन बिहीबार ट्रस्टकी संरक्षक पूर्व रानी कोमल शाहले गर्नु भएको थियो ।

भवन निरीक्षण गरेपनि पुर्वराजपरिवारका सदस्यले मन्तव्य भने राख्नु भएन् । कार्यक्रममा शिक्षा, स्वास्थ्य, वातावरण, दैवि प्रकोपमा आफुहरुले काम गर्दै आएको ट्रस्टको सदस्य सचिव मल्लले जानकारी दिनुभयो । १४ महिनामा भवन निर्माण सक्ने लक्ष्यका साथ काम गरेको तर लक्ष्य भन्दा चार महिना अघि एक वर्षमै बिद्यालयको भवन सकेर हस्तान्तरण गरेको मल्लले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV