२३ भाद्र २०७५, शनिबार

काठमाडौं । धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सवार सबैजनाको परिचय रहेको खुलेको छ ।

काठमाडौं । धादिङमा दुर्घटनाग्रस्त अल्टिच्युड एयरको हेलिकोप्टरमा सबैजनाको परिचय रहेको खुलेको छ । विमानस्थल स्रोतका अनुसार हेलिकोप्टरमा जम्मा सात जना सवार रहेका थिए । पाइलट निश्चल केसीसहित अन्य पाँच जना नेपाली र एक जना जापानीज नागरिक रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले बताएको छ ।

जसमा रामेछापका ४० वर्षीय दिल्ली बहादुर गुरुङ, दोलखाका ३७ वर्षीय हिरा शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका २ का ल्हो आनी डोल्पा डिकी, गोर्खाको सामागाउँ चुमनुब्री सम्दो १ का छोवाङ नुर्बु, सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ, पाइलट निश्चल केसी र जापानी नागरिक हिरोमी कोमात्सु छन् । उनीहरुको अवस्था कस्तो छ भन्ने खुलेको छैन । अल्टिच्युड एयरको हेलिकोप्टर आज बिहान गोर्खा बाट काठमाडौं आउने क्रममा धादिङमा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV