२२ भाद्र २०७५, शुक्रबार
  • ज्योति कुमार पन्थी,

बर्दिया, २२ भदौ । स्थानीय तहमा लगाएको करलाई लिएर चर्को आलोचना हुन थालेपछि बर्दियाको गुलरिया नगरपालिकालाले पनि करको दर घटाएको छ । अधिकांश ग्रामीण भेग भएको र न्यून आय भएकाहरुको बसोबास भएकोले पनि नगरपालिकाले विगतको बर्षहरुमा भन्दा पनि करको दर ह्वात्तै घटाएको छ । र्

१२ वटा वडा रहेको गुलरिया नगरपालिका ६ वटा भन्दा बढी वडाहरुमा मधेसी समुदायको बसोबास रहेको र उनीहरुको न्युन आयलाई मध्य नजर गर्दै कर घटाईएको नगरपालिकाले जनाएको छ । बिगतका बर्षहरुमा लिईदै आएको बिवाह दर्ता, जन्मदर्ता जस्ता शुल्कहरुलाई यस बर्ष पनि नगरपालिकाले यथावत राखेको छ । गुलरिया नगरपालिकाले बिगतका बर्षहरुमा लिई रहेको एकीकृत सम्पति करको दायरा समेत घटाएको छ भने गत बर्ष लिई रहेको सडक बत्तिको शुल्क समेत हटाएको नगरपालिकाका प्रशासकीय अधिकृत रामचन्द्र पौडेले बताउनु भयो ।

नगरपालिकाले आफना नागरिकलाई करको मार परेको भन्दै करको दर घटाएको हो । बिगतका बर्षहरुमा सवै नागरिकलाई लिईदै आई रहेको सडक बत्ति शुल्क यस बर्ष भने ४० प्रतिशत मात्र स्थानीयबाट असुल उपर गरिने भएको छ भने त्यसको बाकँी ६० प्रतिशत भने नगरपालिकाले नै दिने भएको छ । विगतका बर्षहरुमा अन्धाधुन्द लगाईएको सम्पत्ति कर समेत यस बर्ष समायोजन गरिएको नगर प्रमुख मुक्तिनाथ यादवले जानकारी दिनु भयो ।

पुराना साविकका चार वटा गाविस गुलरिया, खैरापुुर, मथुराहरिद्धार र मोहम्मदपुर मिलेर बनेको जिल्ला सदरमुकाम गुलरिया नगरपालिकामा बिगतका बर्षहरुमा भन्दा यस बर्ष भने नागरिकहरु कर घटे सँगै खुसी देखिएका छन । देशका अन्य नगरपालिकाहरुले एकाएक कर बृद्धि गरि रहेको भए पनि गुलरिया नगरपालिकाले कर घटाएपछिर जनतालाई केही मात्रामा भए पनि राहतको अनुभूति भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV