२२ भाद्र २०७५, शुक्रबार
  • रामहरि श्रेष्ठ,

ओखलढुंगा, २२ भदौ । ओखलढुंगाको सदरमुकाम नजिकै रहेको एउटा सिंगो गाँउ नै नाङ्ग्लो पेसामा आबद्ध छन् । सिद्धिचरण नगरपालिका ५ बर्णलु स्थित डाँडाखर्कका ८५ घर परिवारको बसोबास रहेको सिंगो गाँउ नै बाँसबाट बनिने नाङ्ग्लो बुन्ने पेसामा आबद्ध भएका हुन् ।

पालतो बसोबास रहेको सिंगो गाँउमा एक दुई घर शेर्पा तामाङ, क्षेत्री लगाएतको बसोबास रहेको भएपनि बाँकी सबै राई बस्ती छ । विषेशगरी खेती किसानी तथा ज्यामीकाम गरेर गुजारा चलाउदै आएका उक्त गाँउका नागरीकहरु फुर्सदको समयलाई सदुपयोग गर्दै नाङ्ग्लो बुन्ने गरेका छन् ।

गाँउघरमा नाङ्ग्लोका लागि बास नपाउने भएकाले जिल्लाको रुम्जाटर, बर्णलु लगायतका स्थानबाट खदिर गरेर ल्याउने गरेको स्थानीय जित बहादुर राईले बताए । एउटाको एक सय रुपैयाँ तिरेर खरिद गरिएको बाँसबाट कम्तिमा ५ वटासम्म नाङ्ग्लो बनाउन सकिने उनको भनाई छ ।

अहिले नाङ्ग्लो प्रति गोटा ३ सय रुपौया सम्ममा बिक्री हुने गरेको छ । बाँसको चोया काँढेर त्यसैबाट नाङ्ग्लो बनाउने भएकाले काम गर्न समेत सजिलो रहेको स्थानीयको भनाई छ । सोही गाँउका अर्को स्थानीय आईमन राईका अनुसार बाँसबाट बनिने नाङ्ग्लोको माग बाजारमा उच्च छ ।

पछिल्लो समय स्थानीय बजारमा प्लास्टिकयुक्त नाङ्ग्लो आएको भएपनि टिकाउको हिसाबले बाँसमार्फत बनेका सामाग्री ग्राहकको रोजाईमा पर्ने गरेको छ । ‘अहिले याहाँका मानिसहरुले बुनेका नाङ्ग्लो हारालुछ छ, झन ठेकेदारले त गाँउमै आएर लाग्छ’ राईले भने । गर्न सके त पैसा पनि राम्रै आउछ ।’

अहिले उक्त गाँउका सबै घरमा बनेका बाँसका नाङ्ग्लाहरु ठेकेदारले संकलन गरी लैजाने गरेको छ । कहिलेकाहीँ छिटफुट रुपमा बचेका नाङ्ग्लोहरु स्थानीय बजारमा लगेर बेच्ने गरेको राईको भनाई छ । फाईदाका हिसाबले नाङ्ग्लो स्थानीय बजारमा भन्दा ठेकेदारलाई दिएकोमा फाईदाँ हुने उनिहरुको बुझाई छ ।

परापुर्वकाल देखि नै उक्त गाँउका राईहरुले उत्पादन गर्दै आएका नाङ्ग्लोहरु पछिल्लो समय ठेकेदारले घरघरमै आएर उठाउने गरेकाले गाँउमा पाँउनै मुस्किल परेको स्थानीय शिक्षक रबिन राजभण्डारीले बताए । ‘अहिले त याहाँ नाङ्ग्लो पाउनै मुस्किल छ, ठेकेदारले पहिले नै अडर गरेर गएको हुन्छ’ उनले भने ।

स्थानीयले यो पेसा आफुहरुको पुख्र्यौली पेसा भएकाले यसलाई जगेर्ना गर्ने उदेश्यले समेत अंगाल्दै आएको बताएका छन् । पेसा बचाउन पछिल्लो समय बाँस पाउनै मुस्किल रहेको उनिहरुको गुनासो छ । बाँसमार्फत बनिने यस्ता सामाग्रीहरुलाई संरक्षणका लागी स्थानीय सरकारको समेत ध्यान जानुपर्ने स्थानीयको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV