२२ भाद्र २०७५, शुक्रबार

काठमाडौं, २२ भदौ । गत भदौ १२ गते बालाजुबाट पक्राउ परेकी नेकपा विप्लव समूहका नेतृ उमा भुजेललाई सर्वोच्च अदालतले थुनामुक्त गर्न आदेश दिएको छ । भुजेललाई सर्वोच्चको मुख्य रजिष्ट्रारको रोहबरमा थुनामुक्त गर्न आदेश गरेको हो ।

सर्वोच्चले भुजेललाई थुनामुक्त गर्न आदेह गरे पनि जिल्ला अदालत काभ्रेबाट क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा अनुसन्धानका लागि म्याद थप गरिएको छ ।

न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले प्रतिमा भुजेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै थुनामुक्त गर्न आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV