२२ भाद्र २०७५, शुक्रबार
  • भुपेन्द्र

यस साता सेयर बजारमा नेप्से परिसुचकसँगै सेयर कारोबार पनि सुधार भएको छ । भदौ १५ गतेदेखि २१ गतेसम्म दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

कारोबार रकम गत साताको भन्दा २ सय ५९ दशमलब ३४ प्रतिशत बढी छ । ३२ हजार २ सय ८५ कारोबारबाट एक करोड दुई लाख ५५ हजार छ सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् भने यो साता १ सय ९३ कम्पनीका सेयर खरिद विक्रि भएका थिए ।

गत साता ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । ११ हजार ७ सय ८८ कारोबारबाट २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । गत साता १ सय ८० कम्पनीहरुको कारोबार भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलब ४९ अंकले बढेर अन्तिम दिन १ हजार २ सय २९ दशमलब ७७ अंकमा पुगेको छ ।

क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ८ दशमलब ५५ अंकले बढेर २ सय ६० दशमलब ३५ अंकमा आईपुगेको छ । यस साता कारोबार रकमका, कारोबार भएका सेयर संख्या र कारोबार संख्या सबैको आधारमा आधारमा एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV