२२ भाद्र २०७५, शुक्रबार

काठमाडौं, २२ भदौ । पञ्चकन्या ग्रुपले आफ्नो ४६ औं वार्षिकोत्सव तथा ग्रुपका अध्यक्ष प्रेम बहादुर श्रेष्ठको ८८औं जन्मोत्सव मनाईएको छ । उक्त कार्यव्रmममा पञ्चकन्या समूहका संचालकहरु, कर्मचारीहरु, डिलर, शुभ–चिन्तकहरुको उल्लेख्य उपस्थिति थियो ।

सो कार्यव्रmममा वर्षभरीमा बढी बिक्री गर्न सफल स्टील, प्लाष्टिक र एस.एस. वाटर ट्याङ्कका डिलरहरुलाई प्रशंसा–पत्र तथा उपहारबाट सम्मानित गरिएको थियो ।

त्यसैगरी सर्वोत्कृष्ट कर्मचारीमा गोपालप्रसाद वाग्ले, उत्कृष्ट कर्मचारीमा सुजन श्रेष्ठ र उत्कृष्ट मेनेजरमा नामगेल तामाङ भए । त्यसैगरी स¥ह्रानीय कार्य गर्ने तथा लामो समय सेवा अवधी पूरा गरेका कर्मचारीहरुलाई सम्मान पनि गरियो ।

उक्त कार्यव्रmममा ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ, उपाध्यक्ष ध्रुबकुमार श्रेष्ठ, प्रबन्ध निर्देशक प्रदीपकुमार श्रेष्ठ, कार्यकारी निर्देशक द्वय उज्ज्वलकुमार श्रेष्ठ तथा उदीप श्रेष्ठले मन्तव्य राखेका थिए । निर्देशकहरु ज्योती श्रेष्ठ, आशिक श्रेष्ठ र नितिशा श्रेष्ठ लगायत पञ्चकन्या ग्रुपका अन्य संचालकज्यूहरुको उपस्थिती थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV