२२ भाद्र २०७५, शुक्रबार

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले महासमिति बैठकअघि सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।कांग्रेसले उपसभापति विमलेन्द्र निधि संयोजक रहेको नीति तथा प्रशिक्षण प्रतिष्ठानमार्फत मुलुकका सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो ।

महासमिति बैठक भने ५ देखि ९ मंसिरसम्म काठमाडौंमा हुने तय भइसकेको छ ।तर, यसअघि नै दसैंअघि र पछि पारेर सातवटै प्रदेशमा प्रशिक्षण प्रतिष्ठानले प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने तयारी अघि बढाएको हो ।

कांग्रेसले पार्टीभित्रका कमीकमजोरी सुधार गर्न प्रदेश तह हुँदै स्थानीय तहसम्म प्रशिक्षण गर्न लागेको हो । यसका लागि पहिले प्रदेशस्तरका नेतालाई राखेर प्रशिक्षण दिने, सुझाव लिने र त्यसपछि प्रदेशस्तरको नेतृत्वमार्फत प्रत्येक स्थानीय तहसम्म नै प्रशिक्षण लैजाने कांग्रेसले तयारी गरेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV