२१ भाद्र २०७५, बिहीबार

काठमाडौं, २१ भदौ । न्युज २४ टेलिभिजनको कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज २७२ औं एपिसोड हो । पहिलेको एपिसोड जस्तै आजको २७२ औं एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिनुका साथै विशेष व्यक्तित्वहरुसँग फोन सम्पर्कमार्फत समस्याको समाधानको बारेमा कुराकानी पनि गरिएको छ ।

आजको यस विशेष एपिसोडमा वीरगञ्ज स्थित नारायणी यातायात व्यवस्था र्कायलय पर्सामा सेवाग्राहीले प्रयोग गर्ने शौचालय र कार्यालय प्रमुखको एट्याच बाथरुमको हविगतको विषय रिपोर्ट प्रस्तुत गरिएको छ ।

यसका साथै काठमाडौंमा जग्गा दलाली गर्ने गिरोहले नक्कली लालपुर्जा, नक्कली नागरिकता, नक्लली वारेस नामसहितको नक्कली जग्गाधनी खडा गर्ने मात्रै होइन मालपोतका कर्मचारीको मिलेमतोमा मालपोत कार्यालयको श्रेस्तानै फेरबदल गरेर जग्गा अर्कैलाई बेचिसकेका हुनसक्छ, भन्ने विषयमा पनि रिपोर्ट प्रस्तुत गरिएको छ ।

आजको एपिसोडमा निम्न शिर्षकमा रिपोर्ट प्रस्तुत गरिएको छ ।

१. वीरगञ्ज यातायात कार्यालयको शौचालयको यस्तो हविगत

वीरगञ्ज, २१ भदौ । मनोज कुमार साहले वीरगञ्ज स्थित नारायणी यातायात व्यवस्था र्कायलय पर्सामा सेवाग्राहीले प्रयोग गर्ने शौचालयको तस्वीर सँगै कार्यालय प्रमुखको एट्याच बाथरुमको विषयमा ट्वीट गरे । उनको ट्वीटमा राखिएका तस्वीरले शौचालयको हविगत देखाएको थियो ।

यो तस्वीर हेरेपछि सबैलाई कार्यालय प्रमुखको शौचालय कस्तो छ ? भन्ने परेको होला । दिनहुँ कार्यालयमा पुग्ने सयाँै सेवाग्राहीले प्र्रयोग गर्ने यस्तो दुर्गन्धित शौचालय हो । यो हेर्दा शौचालय जानेहरुलाई शौच मात्रै होइन वान्ता नै हुन सक्छ ।

२. जग्गाको लालपुर्जा साथमा छ भनेर ढुुक्क नबस्नुहोला, भु-माफियाहरुले सजिलै अरुको नाममा यसरी पास गर्छन्

काठमाडौं, २१ भदौ । काठमाडौं उपत्यका भित्रको जग्गाको लालपुर्जा साथमा छ भन्दैमा ढुक्क भएर बस्नु भएको छ ? होशियार ! तपाईको जग्गा तपाईको नहुन पनि सक्छ । काठमाडौंमा जग्गा दलाली गर्ने गिरोहले तपाईको नक्कली लालपुर्जा, नक्कली नागरिकता, नक्लली वारेस नामसहितको नक्कली जग्गाधनी खडा गर्ने मात्रै होइन मालपोतका कर्मचारीको मिलेमतोमा मालपोत कार्यालयको श्रेस्तानै फेरबदल गरेर जग्गा अर्कैलाई बेचिसकेका हुनसक्छ ।

यस्तै समस्या भोगेको छन् काठमाडौंका चन्दन कृष्ण कायस्थले । बुढानिलकण्ठ स्थित कित्ता न ३२३ र ३२५ को क्षेत्रफल साढे २ रोपनी अर्थात ४० आना जग्गा उनकै नक्कली नागरिकता, नक्कली लालपुर्जा बनाएर काठमाडौं जिल्ला अदालतबाट नक्कली चन्दन कृष्ण कायस्थको वारीस समेत बनाई नागार्जुनका प्रदीप प्रसाद गौतमले काठमाडौंका कृष्ण देवकोटा र रामेछापका धुव्र प्रसाद भट्राईलाई केही दिन अघि मात्रै बेचिसकेका रहेछन् ।

LIVE TV