२१ भाद्र २०७५, बिहीबार

काठमाडौं, २१ भदौ । संघीय संसदले विभिन्न ५ वटा विधेयकलाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको छ ।

आज बसेको प्रतिनिधिसभाको बैठकले शिक्षा, सामाजिक सुरक्षा लगायतका विधेयक छलफलका लागि समितिमा पठाएको छ । अनिवार्य तथा निशुल्क शिक्षा सम्वन्धी, सामाजिक सुरक्षा विधेयक २०७५, रोजगारीको हक सम्बन्धी विधेयक २०७५, जातिय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) पहिलो संसोधन विधेयक २०७५, सामाजिक सुरक्षा विधेयक २०७५ र भूमि सम्बन्धी सातौ संसोधन विधेयक २०७५ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाएको हो ।

प्रतिनिधिसभाको अर्को बैठक भदौ २८ गते विहिबार बिहान ११ बजेका लागि बोलाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV