२१ भाद्र २०७५, बिहीबार
  • नबिन के.सी,

अर्घाखाँची, २१ भदौ । जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं १२ को सल्लीकोटमा बोरामा बाधेर फालेको अवस्थामा शब भेटिएको छ । सडेर गलेको पुरुषको भएपनि पहिचान हुन नस्कने अबस्थामा रहेकोे जिल्ला प्रहरीकार्यालयका प्रबक्ता खिमबहादुर घमले जानकारी दिए ।

‘शबको प्रकृति अनुसार हत्या गरेर फालिएको हुन सक्ने देखिन्छ । शब पुरुषको हो बायाँ हातमा टाईटनको घडि रहेको छ ।’ शबलाई पोष्टमार्टमको लागि अहिले जिल्ला अस्पाताल सन्धिखर्कका राखिएको छ ।

घरको कुनै सदस्य हराएको वा सम्पर्कविहिन भएको भए तत्काल जिल्ला प्रहरी कार्यालयमा खबर गर्न प्रहरी निरीक्षक घमले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV