२१ भाद्र २०७५, बिहीबार

काठमाडौं । प्रहरीले बालाजुमा लामो समयदेखि गुण्डागर्दीमा संलग्न नाईके शुकबहादुर तामाङ ‘बाघे’ पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त लामाका अनुसार तामाङलाई रकम असुली र धाक धम्की दिएको आरोपमा पक्राउ गरेको छ । उनी ठुलो भर्याङमा इँट्टा, बालुवा तथा रोडा डिपोसमेत सञ्चालन गर्दै आएका छन् ।

बाघे पटक–पटक पक्राउ पर्दै छुट्दै आएका थिए । उनलाई सार्वजनिक अपराध मुद्धामा म्याद लिएर अनुसन्धान गरिने एसएसपी लामाले बताए ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV