२१ भाद्र २०७५, बिहीबार
  • नारायण सुवेदी,

नवलपरासी, २१ भदौ । पश्चिम नवलपरासीमा सुविधा सहितको सर्पदंश उपचार केन्द्र निर्माण हुने भएको छ । नेपाल प्रहरी तालिम महाविद्यालय सुनवल ११ जर्गहाले उपचार केन्द्र निर्माण थालेको हो ।

सुनवल नगरपालिकाको आर्थिक सहयोगमा महाविद्यालयले स्थानीयलाई सर्पदंशको उपचार सेवा दिने उद्देश्य राखेको छ । २८ लाख रुपैयाँको लागतमा निर्माण हुने ६ कोठे उपचार भवनको नगरपालिका प्रमुख भिमबहादुर थापाले भवनको शिलान्यास गर्नुभएको थियो । तीन महिनामा सम्पन्न हुने भवन निर्माणको लागि सुनवल नगरपालिकाले यस आर्थिक बर्षमा २० लाख रुपैयाँ बिनियोजन गरेको छ ।

उपचार केन्द्रमामा आकस्मिक कक्ष, आईसीयु, ल्याब, उपचार कक्ष, प्रतिक्षा कक्ष र चिकित्सक कक्ष सहित सुविधायुक्त भवन निर्माण हुने महाविद्यालयका प्रमुख एवं बरिष्ठ प्रहरी उपरिक्षक नलप्रसाद उपाध्यायले बताउनुभयो ।

सर्पदंशक उपचार केन्द्रमा एक जना एमबीबीएस डाक्टर, थप आवश्यक चिकित्सक, औषधि र उपचारका लागि आवश्यक उपकरणको व्यवस्था मिलाइनेछ । विरामीका लागि ५ वटा शैया, ल्याबका लागि उपकरण तथा मेटेरियल समेतको व्यवस्था महाविद्यालयले जनाएको ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV