२१ भाद्र २०७५, बिहीबार

काठमाडौं, २१ भदौ । काठमाडौंको बजारमा जुम्लाको अर्गानिक स्याउ बुधबारदेखि भित्रिएको छ । नेपाली स्याउको बजारीकरण हुन नसकिरहेका बेला काठमाडौंका जनताले बिदेशी स्याउ खान बाध्य थिए ।

केहि वर्षयता जुम्लाका कृषक दिनेश खड्काले काठमाडौंसम्म स्याउ ढुवानी गरी बिक्री गर्दै आएका छन् । त्यही अनुसार बुधबारदेखि काठमाडौंको बजारमा जुम्लाको स्याउ बिक्रि हुन थालेको छ । अघिल्लो वर्षभन्दा दुई साता ढिला गरी जुम्लाको स्याउ काठमाडौं आइपुगेको हो ।

बिक्रिका नाममा किसानले काँचै स्याउ टिपेर पठाउने गरे पछि कृषि बिकास कार्यालय जुम्लाले रोक लगाएको थियो । यसपटक स्याउ पूर्ण रुपमा पाकेपछि मात्रै बिक्रि थालिएको छ । जुम्लाको स्याउ बोटबाट टिपेपछि ४ देखि ५ दिनसम्ममा काठमाडौं आइपुग्छ । काठमाडौंमा प्रतिकिलो १५० रुपैयाँसम्म यसको बिक्रिवितरण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV