२१ भाद्र २०७५, बिहीबार
  • भुपेन्द्र

सरकारले वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको अहिलेको चुनौतीलाई सामना गर्न वातावरण संरक्षणका लागि छुट्टै विधेयक ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो ।

बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले स्वच्छ वातावरण र शुद्ध खानेपानी उपयोग गर्ने नागरिकको संवैधानिक अधिकारलाई प्रत्याभूति दिलाउन सरकारले विद्यमान ऐन, कानुनमा संशोधन गर्दै लैजाने योजना रहेको बताउनुभयो । खानेपानीको उचित व्यवस्थाका लागि स्थानीय तहले पनि गम्भीर भएर लाग्नुपर्नेमा मन्त्री बस्नेतले जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV