२१ भाद्र २०७५, बिहीबार

न्यूयोर्क टाइम्समा आफ्नो विचार लेख्दै ट्रम्प प्रशासनका एक नाम नखुलेका वरिष्ठ अधिकारीले आफ्ना सहकर्मीहरु निकै असन्तुष्ट रहेको खुलासा गरेका छन् ।

उनका अनुसार अमेरिकी कर्मचारीहरुले प्रजातान्त्रिक संस्थाहरूको रक्षा गर्नका लागि ट्रम्पका कतिपय योजनालाई सफल हुन दिईरहेका छैनन् । उनले आफूलाई ट्रम्प प्रशासनको प्रतिरोधको हिस्सा भएको बताउँदै सो लेख लेखेका हुन् । ती लेखकले ट्रम्प प्रशासनका केही उपलब्धिको प्रशंसा गरेका छन् भने ट्रम्पको हठका कारण गलत र हठात निर्णयहरू भएको उल्लेख गरेका छन् ।

उनका अनुसार ट्रम्पको स्वभाव नै समस्याको मूल कारण भएको उल्लेख छ । ट्रम्प फाउन्डेशन राष्ट्रपति ट्रम्पले ती नाम नखुलेका कर्मचारी र न्यूयोर्क टाइम्सको खरो आलोचना गरेका छन् । उनले ती नाम नखुलाउने लेखकलाई डरपोकको संज्ञा दिएका छन् ।

उसको त्यस्तो लेख प्रकाशित गर्ने न्यूयोर्क टाइम्सलाई जाली भन्दै ती व्यक्तिलाई सरकारसमक्ष बुझाउनु पर्ने ट्रम्पले बताएका छन् । टाइम्सले भने आफ्नो पत्रिकामा छापिएको लेखको बचाउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV