
काठमाडौं । नेपाल प्रहरीका एसपी विद्यानन्द माझीले मंगलबार विभूषण पाए । राष्ट्रपति विद्यादेवी भण्डारीले ३४३ जनालाई सरकारको तर्फबाट विभूषण प्रदान गरेकी थिइन् । त्यसमध्येकै एक थिए एसपी माझी, उनले ‘जनसेवा श्री’ पाए ।
उनलाई विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्याएकाे भन्दै विभूषित प्रदान गरेपछि सामाजिक सञ्जालमा धेरै ओलचना भएको छ । बलात्कारीलाई जोगाएको ‘बहादुरी’मा कारबाहीमा परेका लाई ‘जनसेवा श्री’ प्रदान गरेको भन्दै आलोचना भएको हो ।
अहिले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारीमाथि प्रश्न उठाइएको छ । दुई तिहाइको सरकारले बलात्कारी र किर्ते काम गर्नेलाई पुरस्कार दिइएको भन्दै प्रम ओलीमाथि आरोप खनिएको छ ।
तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले २०७४ सालको गणतन्त्र दिवसमा एसपी माझीलाई प्रबल जनसेवा श्री पदक दिने निर्णय गरेको थियो । देउवा सरकारले तीन सय ४३ मध्ये एक सय ६६ विभूषण सुरक्षाकर्मीलाई दिने निर्णय गर्दै त्यसैमध्ये माझीलाई छानेको थियो ।
प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना ‘गुपचुपुमा मिलापत्र गरेको’ आरोपमा एसपी माझी कारबाहीमा परेका थिए । गृह मन्त्रालयले निलम्बन गरी उनलाई विभागीय कारबाही गरेको थियो ।
देउवाको निर्याणलाई उल्टाउँदै पूर्व मुख्यसचिव सोमलाल सुवेदीलाई दिने तयारी गरिएको पदक भने अाेली सरकारले फिर्ता लिएको छ । गत मंगलबार प्रदान गरेको पदकमा सुवेदीलार्इ नदिने निर्णय गृह मन्त्रालयले गरेकाे थियो ।
प्रधानमन्त्री कार्यालयको दिर्नेशन अनुसार गृहमन्त्रालयले पदक पाउने सूचीबाट सुवेदीको नाम हटाएको जनाइएकाे थियो । यदि प्रधानमन्त्री अाेलीले चाहेको भए विवादित एसपीलाई दिने भनेको पदक पनि फिर्ता लिन सक्थे, तर उनले त्यसाे गरेनन् । पूर्व मुख्यसचिवको पदक फिर्ता गर्न सक्ने सरकारले विवादित एसपीको पदक किन फिर्ता गर्न सकेनन् भनेर आलोचना बढ्दै गएको छ ।
सुवेदी नेपाल सरकारका पूर्व मुख्य सचिव हुन् । मुख्यसचिवको जागिर छोडेर एसियाली विकास बैंक(एडीबी) मा जागिर खान गएपछि उनी अालाेचित भएका थिए । सुवेदीलाई अाेली सरकारले नै केही समयअघि मात्रै फिर्ता बोलाएको थियो ।
सम्बन्धित समाचार-