२१ भाद्र २०७५, बिहीबार

काठमाडौं । अहिले बाजारमा नयाँ-नयाँ तीज गीत आइरहेका छन् । चोक, पसल, घर, कार्यालय, गाडी हरेक ठाउँमा तीज गीत घन्किरहेका छन्। तीजका अधिकांश गीतमा माया, प्रेम, धर्म, संस्कार र परम्परालाई रमाइलो ढंगले प्रस्तुत गरिन्छ।

तर पछिल्लो समय ह्रस्व, दीर्घ सिकाउने तीज गीत बजारमा आएको छ। नेपाली हिन्दु नारीहरूको विशेष पर्व तीजको लयमा आएको यो गीत निकै भाइरल हुदै गएको छ ।

स्कुले बालबालिकाहरुले गीत गुनगुनाउँदै नाचिरहेका गीत र भिडियोलाई सबैले रुचाएका छन् । काठमाडौंको शंकमुलस्थित अवार्नेस इन्टरनेसनल एकेडेमी स्कुलका विद्यार्थीहरूले गाएको तीज गीतको भिडियो निकै ज्ञानबर्धक रहेको छ ।

विद्यालयका प्रबन्ध निर्देशकसमेत रहेका नेपाली शिक्षक विमल घिमिरेले रचना गरेको उक्त गीतमा व्याकरणका ‘ह्रस्व, दीर्घ’का नियमबारे सिकाइएका छन्। विद्यालयभित्रकै संगीत, नृत्य शिक्षक र विद्यार्थीको मेहनतमा गीतको भिडियोसमेत बनेको छ।

‘साधरण नियम यो सुरूको र बीचको

ह्रस्व हुन्छ, अन्तिमको दीर्घ बरिलै…

हात्ती, स्वामी, खसी, सम्धी चारवटा अपवाद

पुलिंगी नाम आए, ह्रस्व घुमाऊ हात… ’

बोलको गीत उनीहरूले गाएका हुन्। एआइए स्कुल शंखमुलका प्रवन्ध निर्देशकसमेत रहेका घिमिरेको परिकल्पना र शब्द, राजकुमार घिमिरेको लय र शारदा पराजुलीको आवाजमा तयार पारिएको गीतमा ह्रस्व दीर्घका नियमलाई तीज गीतको लयमा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV