२१ भाद्र २०७५, बिहीबार

काठमाडौं । बालबालिकाको मात्रै उपचार हुने देशको एक मात्रै सरकारी अस्पताल कान्ति बाल अस्पतालमा एकजनाको एक्सरे हुन चार घण्टा लाग्ने गरेको छ।

डिजिटल एक्सरे मेसन डेढ वर्षअघि बिग्रिए पनि अर्को व्यवस्था नहुँदा चरम समस्या भएको हो। १५ वर्षअघि जापान सरकारले दिएको डिजिटल एक्सरे बिग्रिएको समाचार नयाँ पत्रिका दैनिकमा छ।

अस्पतालका निर्देशक डा. गणेश राईका अनुसार सामान्य मर्मत गरेर चलाएको सो एक्सरे मेसिनले चार घण्टामा एक जनालाई मात्र सेवा दिने गरेको छ। तर, सही कन्डिसनमा रहेको डिजिटल एक्सरेले एक घण्टामा करिब ६० जना बिरामीलाई सेवा दिने क्षमता राख्छ।

LIVE TV