२० भाद्र २०७५, बुधबार

 

मोरङ । विराटनगरमा ठगी गरेको आरोपमा तीन जनालाई अदालतले कारागार चलानको आदेश दिएको छ ।

प्राइम बचत तथा ऋण सहकारीको नाममा बचतकर्ताको पाँच करोड भन्दा बढी रकम ठगी गरेको आरोप तीन जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । र्इन्द्रलाल श्रेष्ठ, र्इश्वर श्रेष्ठ र बिष्णुप्रसाद सुवेदीलाई कारागार चलान गरिएको छ ।

आज बुधबार जिल्ला अदालत मोरङका न्यायधिश दिपक खनालको इजलासले तीन जनालाई पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV