२० भाद्र २०७५, बुधबार

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने भ्रमणका लागि शुक्रबार भारत भ्रमणमा जाँदैछन् ।उनको भारत भ्रमण केही लामो हुने भनिएता पनि पार्टीको आन्तरीक छलफका कारण उनको भ्रमण छोट्टिएको छ ।

प्रचण्डको सचिवालय स्रोतका अनुसार भारतबाट फर्किएको तीन दिनपछि अर्को छिमेकी मुलुक चीनको भ्रमणमा निस्कने तालिका तय भएको छ । अध्यक्ष प्रचण्डलाई चिन र भारत दुबै छिमेकी मुलुकले छलफल गर्ने इच्छा राखेकाले उनले दुबै राष्ट्रको भ्रमण गर्ने भएका हुन । पत्रकार सम्मेलनमा प्रचण्डले भने राष्ट्रिय हित र विकास निर्माण बाहेक अरु केही एजेण्डा छैन ।’

प्रचण्डले भारतमा रहँदा त्यहाँस्थित विदेशमन्त्री शुष्मा स्वराजसँग भेटवार्ता गर्नेछन् । आईसीडब्लूएको निमन्त्रणमा भारत जान लागेका उनले प्रधानमन्त्री नरेन्द्र मोदीका साथै राजनीतिज्ञ, बुद्धिजिवीहरुलाई पनि भेट्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV