२० भाद्र २०७५, बुधबार

काठमाडौं । प्रतिनिधिसभा बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन्।

नेता सिंहले बैठकलाई सम्बोधन गर्दै सत्तासिन मन्त्रीहरुले संविधान उल्लंघन गरेको भन्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने जिकिर गरे। साथै उनले संविधानले पासपोर्ट बनाएपछि निर्वाध रुपमा विदेश जान पाउने अधिकार दिएको तर एक युवा ९लेलिन विष्ट०लाई सरकारबाट अनुमति नलिएको भनेर एयरपोर्टमा रोकियो’जसले संविधानको उल्लंघन भएको भन्दै सरकारले राजीनामा दिनपर्ने जिकिर गरे ।

उनले संविधानले प्रदत्त गरेको हक अधिकार कसैले हनन गर्न नपाउने र संविधान भन्दा माथि कोहि नहुने भन्दै संविधान उल्लंघन गर्नेलाई पदमा बस्ने अधिकार नभएको जिकिर गरे। सरकार दिनदिनै समृद्धिको सपना बाँडिरहेको भन्दै न सुशासन छ न समृद्धि छ भन्दै आलोचना गरे।

LIVE TV