२० भाद्र २०७५, बुधबार

काठमाडौं। दुई अलग वामशक्ति एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी ९ने क पा० को ‘हेडक्वार्टर’ तात्कालीन एमालेको कार्यालय धुम्बाराही कायम भयो । तात्कालीन माओवादी केन्द्रको पेरिसडाँडास्थित ‘हेडक्वार्टर’ भने जनवर्गीय संगठनको कार्यालय भयो ।

कार्यालय बाँडफाँट टुंगिए पनि ने क पाको सञ्चालन भने न धुम्बाराहीबाट हुन्छ, न पेरिसडाँडाँबाट । कार्यालयको टुंगो लागे पनि पार्टी सञ्चालन भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भइरहेको छ । पार्टीका महत्वपूर्ण बैठक, भेटघाट, छलफलसमेत प्रधानमन्त्री निवास बालुवाटारमै हुने गरेको छ ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीका सबै बैठक बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् । सरकारका अतिरिक्त पार्टीसमेत बालुवाटारकेन्द्रित भएपछि प्रधानमन्त्री ओलीको दैनिकी अति व्यस्त छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV