२० भाद्र २०७५, बुधबार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्षमा निर्माण गर्न लागेको आकाशे पुलको नमुना तयार गरेको छ ।

कामपाको क्षेत्रभित्र पर्ने सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे निर्माण गर्ने भने पनि तीमध्येको दुई स्थानका लागि कस्तो बनाउने भनी नमुना तयार पारिएको हो । नयाँ बन्ने पुल एक ठाउँबाट अर्को ठाउँमा आवश्यकताअनुसार सजिलै स्थानान्तरण गर्न सकिनेछ । निर्माणपछि पनि ती पुलहरु आवश्यकताअनुसार सार्न सकिने छ ।

यही महिनाको अन्तिमसम्ममा बोलपत्र आह्वान गरी कामअघि बढ्ने कामपाको भौतिक पूर्वाधार महाशाखाका प्रमुख इञ्जिनियर रामबहादुर थापाले जानकारी दिनुभयो । थापाका अनुसार अन्य ६ स्थानमा निर्माण गर्ने भनिएको आकाशे पुलका लागि पनि नमुना तयार पर्ने काम भइरहेको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV