१९ भाद्र २०७५, मंगलवार

काठमाडौं, १९ भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले आगामी २०२० भित्र २५ लाख पर्यटक भित्र्याउने योजना रहेको जानकारी दिनुभएको छ ।

उहाँले पर्यटन बर्षको लागि सरकारले आवश्यक तयारी थालेको समेत बताउनुभयो ।  सरकारले २० लाख पर्यटकको लक्ष्य राखिरहेका बेला मन्त्री अधिकारीले भने ५ लाख बढि पर्यटक भित्र्याउने योजना राखेको बताउनुभयो । नेपाल पर्वतारोही संघ नेपालले आयोजना गरेको बार्षिक समिक्षामा बोल्दै मन्त्री अधिकारीले पर्यटन बर्षमा पर्यटकको संख्यालाई भन्दा पनि राष्ट्रिय जिडिपीमा सहयोग गर्ने गरी काम गरिएको बताउनुभयो ।

मन्त्री अधिकारीले विभिन्न कारणले आरोहणका लागि बन्द भएको हिमाल खुलाउने र नाम नै नभएका हिमचुलीहरुको नामाकारण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विदेशी र स्वदेशी पर्वतारोहीको नामबाट विवाद नहुने गरी नामाकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पूर्व पर्यटन सचिव सुरेशमान श्रेष्ठले हिमाल नै पर्यटक लोभ्याउने आकर्षक गन्तब्य भएकोले सबै मिलेर जोगाउनुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV