१९ भाद्र २०७५, मंगलवार

काठमाडौँ । फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को ट्रेलर रिलिज भएको छ । नेपालमा बनेको पहिलो हलिउड फिल्मको ट्रेलर युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

हलिउड, बलिउड र नेपालमा एकैसाथ फिल्म रिलिज गर्ने तयारीमा आफूहरू जुटेको निर्माताले बताए । फिल्म नेपाल र लस–एन्जलसमा छायाङ्कन गरिएको थियो । क्यूएफएक्स सिनेमाज् प्रमुख समेत रहेका निर्माता नकिम उद्दिन अहिले अमेरिकामा छन् । यो फिल्मका निर्देशक पेमा धोन्डुप हुन् । फिल्म पाँच करोड लगानीमा निर्माण भएको स्रोतले जनाएको छ ।

फिल्मले अतिवादी सोच भएको एक हिन्दु–मुस्लिम युवकको मनोवैज्ञानिक र भौतिक यात्राको कथा भन्छ । फिल्ममा नेपालका नीर शाह, आना शर्मा, शिशिर बाङ्देल, कर्म शाक्य, आमिर गौतम , अमेरिकी अभिनेता जोसे म्यानुअल, बलिउड अभिनेता गुल्सन ग्रोवर, पाकिस्तानी अभिनेता हमिद शेख, लगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV