१९ भाद्र २०७५, मंगलवार

काठमाडौं, १९ भदो । गत साउन २८ गते सोमबारको दिन काठमाडौँ नयाँ वानेश्वर मिलनचोक देवकोटा मार्गबाट हराएकी १५ वर्षीया निक्की पराजुली करिब तीन सातापछि भेटिएकी छन् ।

प्रहरीले निक्कीलाई वीरगञ्जबाट फेला पारेको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका एसपी रामदत्त जोशीका अनुसार भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत् निक्कीलाई काठमाडौंसम्म ल्याएर परिवारलाई जिम्मा लगाइएको छ ।

निक्कीलाई अनुसार पराजुलीको खोजतलास गर्ने क्रममा आइतबार जिल्ला प्रहरी कार्यालय, वीरगञ्जले उनलाई फेला पारेको हो । फेला परेपछि निक्कीले साथीहरुसँग भएको प्रहरीसमक्ष बयान दिएकी छन् ।

सोधपुछका क्रममा उनले साथीसँग मिलेर विरगञ्ज गएको बताएकी एसपी जोशीले जानकारी दिए । वीरगञ्जगमा उनी एक होस्टलमा बसेकी थिइन् । पराजुली यसअघि पनि पटकपटक हराउने गरेकी थिइन् ।

LIVE TV