१९ भाद्र २०७५, मंगलवार
  • नविन राई

काठमाडौं । त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित प्रथम सेमिस्टरको वार्षिक परीक्षाको प्रश्नपत्र बाहिरिएको छ । प्रथम सेमिस्टरको शिक्षा शास्त्र सङ्काय अन्र्तगत शैक्षिक मनोविज्ञान (Educational Psychology ) को प्रश्नपत्र परीक्षा हुन अगावै बहिरोएकी हो ।

बाहिरिएको प्रश्नपत्र

प्रश्नपत्र बाहिरिएपछि विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयको चरम लार्पबाही भएको भन्दै प्रदर्शन गरेका छन् । त्रिविले विद्यार्थीहरूको भविष्यमाथि ठूलाे खेलबाड गरेको भन्दै विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । स्रोतको अनुसार त्रिवि, शिक्षाशास्त्र संकाय, साइकोलोजी विषय समितिका अध्यक्ष प्रा. होमनाथ भट्टराईबाट प्रश्नपत्र बाहिरीएको हो ।

त्यस्तै यही १७ भएकाे फाउन्डेसन अफ एजुकेसन (foundation of education, 511) को पश्नपत्र एक प्राध्यापकद्वारा लिखित किताबमा हुबहु भेटिएकाे छ । त्रिविकाे यस्तो चरम लार्पबाहरी भेटिएपछि विद्यार्थीहरूले शिक्षा संकायका डिन कार्यालय बल्खुमा ज्ञापन पत्र समेत बुझाएका छन् । एक परीक्षार्थी के आर पाण्डुलिपिका अनुसार बिषायगत (Subjective) र बस्तुग (Objective) दुवै प्रश्नपत्र प्राध्यापकद्वारा लिखित किताबमा मिलेको थियाे ।

विद्यार्थीलहरुले बुझाएको ज्ञापन पत्र

विद्यार्थीहरूले त्रिविले विद्यार्थीहरूको भविष्यमाथि ठूलाे खेलबाड गरेको हुनाले यस्ता गैरजिम्मेवारी काम गर्ने कर्मचारीहरूलाई छानबिन गरी कडा कारबाही गर्नुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।

२०७५/५/१७ देखि पहिलो सेमस्टारको परीक्षा सुरु भएको थियो । आज (१९ गते ) हुने भनिएको शैक्षिक मनोविज्ञान प्रश्नपत्र बाहिरिएपछि त्रिभुवन विश्वविद्यालयले आज बिहान ८ बजे नै परीक्षा स्थगित भएको सूचना जारी गरेको थियो । त्रिविले विशेष कारणवश परोक्ष स्थगित गरिएको जनाएको थियो ।

प्रश्नपत्र परीक्षा हुन अगावै बहिरीएपछि डिन कार्यालयकाे अर्को सूचना नआएसम्म परीक्षा स्थगित गरेको जनाएकाे छ । भोलि (बुधबार) १० बजेसम्म डिन कार्यालयले आधिकारिक सूचना दिने भएको एक परीक्षार्थी के आर पाण्डुलिपिले बताए ।

Image may contain: 2 people, including KR Pandulipi, beard

LIVE TV