१९ भाद्र २०७५, मंगलवार

काठमाडौं, १९ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सरकारले पाँच वर्ष भित्र सहकारी क्षेत्रमार्फत कुल ग्राहस्थ उत्पादनको १० प्रतिशत पु¥याउने लक्ष्य लिएको बताउनुभएको छ ।

नेपाल सहकारी पत्रकार समाजको आठौँ वार्षिक साधारण सभाको उद्घाटन कार्यक्रममा मन्त्री अर्यालले सहकारीले कूल ग्राहस्थ उत्पादनको ४ दशमलब ५ प्रतिशत मात्र ओगटेको जानकारी दिनुभयो । उहाँले अबको पाँच बर्ष भित्र त्यसलाई १० प्रतिशत पु¥याउन सरकार लागि परेको बताउनुभयो । मन्त्री अर्यालले सहकारीको क्षेत्र विस्तार गर्दै लिन सके देशको आर्थिक विकासमा सहकारीले महत्वपूर्ण भुमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल जस्तो मुलुकमा आर्थिक रुपान्तरणको महत्वपूर्ण माध्याम सहकारी भएको भन्दै मन्त्री अर्यालले यसका कलम चलाउन सञ्चारकर्मीसँग आग्रह गर्नुभयो ।

LIVE TV