
काठमाडौं । नागढुंगामा २ किलो नक्कली सुनसहित ६ जनालाई पक्राउ परेका छन् ।
उनीहरुलाई महागनरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो। नागढुंगामा चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। धादिङका अभिषेक तामाङ,राज तामाङ,राजकुमार तामाङ ,नुवाकोटका राम तामाङ, जितेन तामाङ, नेपालटार बस्दै आएका विरेन्द्र तामाङ पक्राउमा परेका छन् ।
नक्कली सुनलाई सक्कली भनेर विक्री वितरण भइरहेको सूचनाको आधारमा ६ जनालाई पक्राउ गरेको परिसरका प्रवक्ता रामदत्त जोशीले बताए ।