१९ भाद्र २०७५, मंगलवार

एजेन्सी, १९ भदौ । भारतको उत्तर प्रदेशको हमीरपूर जिल्लामा एक बालिका पनि बलात्कारको शिकार बनेकी समाचार आगाडि आएको छ । ती बालिका शौच गर्नका लागि घर बाहिर निस्किएकी थिइन्, तर एक युवकले उनलाई सुनशान ठाउँमा लगे र बलात्कार गरे ।

जिल्लाका प्रहरी लाल साशब यादवले यस जानकारी दिएका हुन् । उनका अनुसार गत शनिबार चिकासी थाना क्षेत्रको गाउँकी १५ वर्षीया बालिका शौच गर्नका लागि एक्लै घर बाहिर निस्केकी थिइन् । ती युवती गएकी ठाउँमा पप्पु नामका एक युवक पहिल्यै त्यहाँ पुगेका थिए ।

उनले ती युवती एक्लै देखेपछि जबरजस्ती सुनशान ठाउँमा लगे भने ती युवतीको इज्जत लुटे । यसरी ती युवतीलाई बलात्कार गरिसकेपछि पप्पुले धम्की दिदै भने, ‘यो कुरा कसैलाई भनिस भने मारिदिन्छु ।’

बलात्कृत भएकी अवस्थामा उनी घर पुगिन् र आफ्नो परिवारलाई आफु बलात्कारको शिकार बनेकी कुरा भनिन् । त्यसपछि उनकी परिवार ती युवतीलाई लिएर सिधै प्रहरी थानामा पुगे । त्यहाँको एएसपीका अनुसार पीडितको उजुरीलाई मध्ये नजर गर्दै बलात्कारी पप्पुलाई पक्राउ गरिएको छ, भने अनुसन्धान सुरु गरिएको छ । पीडितलाईै मेडिकल रिपोर्टका लागि अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV