१९ भाद्र २०७५, मंगलवार

काठमाडाैं। बिम्स्टेक सम्मेलनका उपलब्धिलगायत समसामयिक विषयमा जानकारी दिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बैठकमा सम्बोधन गर्दै हुनुहुन्छ ।

आज बोलाइएको संसद बैठकमा प्रधानमन्त्री ओलीले विशेषगरी हालै सम्पन्न बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकमा भएको सहमति र कार्यान्वयनका आधार लगायतका विषय सदनलाई जानकारी गराउन लाग्नु भएको हो ।

गत शुक्रवार काठमाडौमा सम्पन्न बिमस्टेक सम्मेलनले १८ बुँदे घोषणा पत्र जारी गरेको थियो । प्रधानमन्त्रीले सोमबार मन्त्रालयमा विमस्टेकले पारित गरेको घोषणापत्र प्रभावकारी कार्यान्वयन गर्न निर्देशन समेत दिनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV