१९ भाद्र २०७५, मंगलवार

टिम इंडियाका काेच रवि शास्त्री यतिबेला अाफ्नाे प्रेम सम्बन्धका कारण चर्चामा रहेका छन् । उनी एक बलिउड नायिकासंगकाे सम्बन्धका कारण यतिबेला चर्चामा छन् ।

Ravi shastri, Nimrat Kaur

बलिउड सुपरहिट फिल्म लन्चबक्स र एयरलिफ्टकी नायिका निमरत कौरसंगकाे सम्बन्धले यतिबेला बलिउड तताएकाे छ ।

निमरतभन्दा रवि २० वर्ष जेठा छन् । ५६ वर्षिय रवि ३६ वर्षिया निमरतसंग प्रेममा परेका छन् ।

भारतीय वेभसाइट जी न्यूजले एक अंग्रेजी पत्रिकालार्इ उद्धृत गर्दै  विगत २ वर्षदेखि उनीहरूकाे सम्बन्ध चलिरहेकाे र बडो गुपचुपरुपमा आफ्नो प्रेम सम्वन्ध अगाडि बढाइरहेका जनाएकाे छ ।

रवी र निरमतको भेट सन् २०१५ मा जर्मन लक्जरी कारको उद्घाटन समारोहमा भएको थियो । त्यसपश्चात उनीहरूकाे सम्बन्ध झाङ्गिदै गएकाे जनाइएकाे छ ।

भनिएकाे छ ५६ वर्षिया रवी एक डिभोर्सी हुन् । उनले २२ वर्ष लामो दाम्पत्य सम्वन्धपछि पत्नी ऋतु सिंहसित डिभोर्स गरेका थिए । स्मरण हाेस्, बलिउड सेलिब्रिटी र क्रिकेटरबीच पुरानो सम्वन्ध रहिआएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV