१९ भाद्र २०७५, मंगलवार

नेपाल चलचित्र संघले गर्न लागेको ‘नेम्पा पपुलर फिल्म अवार्ड’ मा नायक अनमोल केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई पपुलर नायक-नायिकाकाे अवार्ड प्राप्त गर्न सफल भएका छन्।

अमेरिकामा रहेका नेपाली संगठनहरु एन्मा, नासिया र एनाले संयुक्त रुपमा आयोजना गरेकाे यो कार्यक्रम समारोहमा अनमोल र साम्राज्ञी दुबै उपस्थित थिएनन् ।

अवार्डमा पपुलर फिल्मतर्फ ‘छक्का पन्जा २’, पपुलर निर्देशकको विधामा दिपाश्री निरौला, पपुलर सह-नायिकाको विधामा नीता ढुंगानालाई अवार्ड प्रदान गरिएको थियो । यस्तै, पपुलर हाँस्य कलाकारमा केदार घिमिरे र विल्सन विक्रम राइ, पपुलर सह-अभिनेता जितु नेपाल, पपुलर कोरियोग्राफरको विधामा कविराज गहतराजले अवार्ड प्राप्त गरेका थिए ।

यस्तै, कलाकार सुनिल थापालाई ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड, नायक भूवन केसीलाई यूग नायकको अवार्ड प्रदान गरिएको थियो ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV