१९ भाद्र २०७५, मंगलवार
  • राजकमल सिंह

जनकपुरधाम। पछिल्लो समय धनुषामा शान्ति सुरक्षा फितलो बन्दै गएको छ । जनकपुर ढल्केवर सडकखण्डमा अज्ञात व्यक्तिले एक जनालाई गोली प्रहार भएको छ ।

गोली हानेर लक्ष्मीनियाँ गाउँपालिका वडा नं. १ बस्ने ३५ बर्षिय सँजय शर्मा गम्भिर घाईते भएका छन् भने उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल ल्याइएको छ । शर्मालाई दाहिने कोखामा गोली लागेको छ तथा गोली हान्ने व्यक्ति गोली हानेर भागेको प्रहरीले जनाएको छ । गोली हान्ने व्यक्तिको खोजी तीव्र पारिएको छ भने जनकपुर सहित आसपासका क्षेत्रमा सुरक्षा अवस्था कडा पारिएको छ ।

गएराती करिब ९ :३० बजेको समयमा गोली चलाएको बुझिएको छ । गोली हान्ने व्यक्ति चढेको मोटरसाईकलको नम्बर पहिचान भएको जनाइएको छ । दुई दाजुभाई सवार एक मोटरसाईकलमा अज्ञात व्यक्तिले गोली चलाउँदा गम्भिर घाईते भएको जनाइएको छ ।

गोली हान्ने व्यक्ति ज ५ प ७९८८ नम्बरको होण्डा युनिकर्न मोटरसाईकलमा सवार रहेको बताइएको छ । गोली हान्ने व्यक्ति सवार मोटरसाईकलको नम्बर थाहा भएपछि प्रहरी खोजविन तीव्र पारेको छ ।

घटना भएलगत्तै जिल्ला प्रहरी कार्यालय धनुषाको टोली घटनास्थल पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV