१८ भाद्र २०७५, सोमबार

काठमाडौं । सर्वोच्च अदालतले ग्रेटर नेपालको अभियान सञ्चालक फडिन्द्र नेपाल २४ घन्टाभित्र उपस्थित गराउन आदेश गरेको छ।

उनी बिमेस्टेक सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा पक्राउ परेका थिए । अधिवक्ता सुजीत केसीले नेपाललाई पक्राउ गर्नु गैरकानुनी भएको दाबी गर्दै निवेदन दर्ता गरेका थिए ।  न्यायाधीश आनन्दमोहन भट्टराईको इजलाशले निवेदनमा पहिलो सुनुवाई गर्दै सर्वोच्च झिकाउन आदेश दिएको  हो।

प्रहरीले उनलाई बिमेस्टेक सम्मेलनमा भाग लिन आएका भारतीय प्रधानमन्त्री मोदीको सवारीका बेला कालो झण्डा देखाउन सक्ने आशंकामा पक्राउ गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV