१८ भाद्र २०७५, सोमबार

मेलम्ची खानेपानी आयोजना

 

आयोजनाको नामः मेलम्ची खानेपानी आयोजना

आयोजना स्थलः सिन्धुपाल्चोक, काठमाडौं

आयोजना सुरुः २०४५ सालदेखि

हालसम्मको खर्चः २५ अर्ब २० करोड रुपैयाँ

प्रगति विवरणः ९० प्रतिशत काम सम्पन्न

आर्थिक वर्ष २०७४/७५ सम्ममा सम्पन्न भएका काम

  • १. हेडवक्र्समा स्लोप प्रटेक्सन वर्क ओपनकट तथा रक सपोर्ट १ लाख घनमिटर निर्माण
  • २. २२४ मिटरको हेडवक्र्स डाईभर्सन सुरङ खन्ने तथा प्रारम्भिक सपोर्ट निर्माण
  • ३. हेडवक्र्स पहुँचमार्गको नियमित रेखदेख तथा मर्मत, मेलम्ची नदीमा नदी नियन्त्रण
  • ४. रिबर्मा क्रसिङ्गमा ग्याबियन तथा पिपिसि निर्माण
  • ५. २७ हजार ५ सय ५६ मिटर सुरुङ्ग तथा प्रारमिभक सपोर्ट निर्माण
  • ६. ७.०२२ किलोमिटर सुरुङको फाईनल फिनिसिङ तथा इन्भर्ट ढलान निर्माण
  • ७. पानी प्रशोधन केन्द्र भाग–१को ८.५ करोड लिटर दैनिक क्षमताको पानी प्रशोधन केन्द्रको निर्माण, १६८ घण्टाको परीक्षण
  • ८. सुन्दरीजल पानी प्रशोधन केन्द्रको क्षमता बिस्तार कार्य अन्तर्गत थप ८.५ करोड लिटर दैनिक क्षमताको पानी प्रशोधन केन्द्र भाग–२ को निर्माणका लागि व्यवसायीको सेवा खरिद् कार्य सम्पन्न
  • ९. चालु आर्थिक वर्षमा पानी प्रशोधन केन्द्र भाग–२ को ४० प्रतिशत निर्माण
  • १०. पानी प्रशोधन केन्द्र भाग–२ को बिभिन्न स्ट्रक्चरमा गरी ७ हजार ३ सय ७० घनमिटरमा आरसिसि ढलान
  • ११. ४ हजार ८ सय ५१ वर्गमिटरमा पिसिसि निर्माण
  • १२. ८८२ घनमिटरमा मास कंक्रिटको काम सम्पन्न

मेलम्चीको नदीको पानी काठमाडौं ल्याएर वितरण गर्ने चर्चा चलेको ३० वर्ष बित्न लागिसक्यो । तर अझैसम्म पनि ल्याइएको छैन । थुप्रै समस्याका कारण २०४५ सालदेखि चर्चा चलेको मेलम्ची खानेपानी आयोजना निर्माणको काम पूरा हुन नसकेको हो । आयोजना निर्माणको सुरुदेखि अहिलेसम्मका खासखास गतिविधिहरुः

  • २०४५ सालः बेलायतको ‘बिन्नी एण्ड पार्ट्नर्स’द्वारा पहिलो पटक अध्ययन
  • २०४७ सालः बैशाखमा तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईद्वारा मेलम्चीको पानी काठमाडौं ल्याउने घोषणा
  • २०४९ सालः अस्ट्रेलियन कम्पनी ‘स्मेक कन्सल्टेन्न’द्वारा पुनः अध्ययन
  • २०५५ सालः मेलम्ची खानेपानी विकास समिति गठन
  • २०५६ सालः विश्व बैंक तथा नरप्लानको सहयोगमा मेलम्ची आयोजनाको संभाव्यता अध्ययन
  • २०५८ सालः एसियाली विकास बैंकद्वारा आयोजनामा लगानीका लागि ऋण सम्झौता, आयोजनाको औपचारिक सुरुवात
  • २०६१ सालः हेनिलद्वारा काम गर्न नसकेपछि एकलौटी रुपमा ठेक्का रद्द, नर्वेको सहयोग नियोग (नोराड) र स्विडेनको सिडाद्वारा सहयोग फिर्ता
  • २०६४ सालः काठमाडौं उपत्यका खानेपानी लिमिटेड गठन, सुरुङ खन्न ग्लोबल टेन्डर आह्वान
  • २०६५ सालः चिनियाँ सरकारी कम्पनी ‘चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन’ (सिआरसीसी)लाई सुरुङ खन्ने ठेक्का
  • २०६९ सालः सिआरसीसीसँगको ठेक्का रद्द
  • २०७० सालः बाँकी सुरुङ खन्न पुनः टेन्डर आह्वान
  • २०७१ सालः इटालियन कम्पनी ‘सिएमसी’ र भारतको ‘दि राभेना’लाई सुरुङ निर्माणको जिम्मा, पुनः सुरुङ खन्ने काम सुरु
  • २०७२ सालः भू–कम्प र नाकाबन्दीका कारण इन्धन अभाव भएपछि १० महिना सुरुङ खन्ने काम अवरुद्ध, काठमाडौंमा पानी प्रशोधन र पाइप विछ्याउने काम सुरु
  • २०७४ सालः पुसमा मेलम्ची सुरुङ ‘ब्रेक थ्रु’ भएको घोषणा
  • २०७५ सालः असोजमा काठमाडौंमा पानी ल्याउने पछिल्लो लक्ष्य

थप तीन आयोजना

आयोजनाः राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
समयावधिः २० वर्ष

  • कूल अनुमानित लागतः २ खर्ब ४९ अर्ब
  • गत आर्थिक वर्षको बजेटः १ अर्ब ६९ करोड
  • चालु आर्थिक वर्षको बजेटः १ अर्ब ६१ करोड

आयोजनाले गर्ने मुख्य काम

  • १. हट स्पोट संरक्षण
  • २. तटबन्ध निर्माण
  • ३. पानीको मुहान, रिचार्ड जोन संरक्षण, सिम्सार क्षेत्र व्यवस्थापन
  • ४. बिरुवा उत्पादन
  • ५. अतिक्रमण नियन्त्रण
  • ६. पहिरो व्यवस्थापन

हालसम्म भएका काम

  • १. ७० हेक्टर हट स्पोट संरक्षण
  • २. १७.६५ किलोमिटर तटबन्ध निर्माण
  • ३. २९९ पानीको मुहान संरक्षण
  • ४. ५८ लाख बिरुवा उत्पादन तथा वितरण
  • ५. ५९२ हेक्टर जमिनमा अतिक्रमण नियन्त्रण
  • ६. ५९२ वटा पहिरो व्यवस्थापन

राष्ट्रपति चुरे संरक्षण आयोजनाले नदी प्रणलीमा रहेर कार्य गर्ने गर्दछ । जसमा २० वर्षको लागि कार्यक्रम तथा कार्ययोजनाहरु तय भएका छन । जस अन्तर्गत ६४ ओटा नदीहरुलाई पहिचान गरीएको छ । गत आर्थिक वर्षमा ५२ नदीमा कार्यक्रम सञ्चालन गरिएको थियो ।

अब भने कामलाई थप प्रभावकारी बनाउन २९ नदीमा मात्र सीमित भएर कार्यक्रम अगाडि बढाईने वन तथा वातावरण मन्त्रलयले बताएको छ । आयोजना लागि लाग्ने बजेट र विनियोजन हुने बजेटको अन्तरका कारण सोचेअनुरुप कार्य हुन नसकेको मन्त्रालयका सूचना अधिकारी सुमन सुवेदी बताउँछन् । यद्यपि, आयोजनाको प्रभावकारीताबारे बेलाबेला बहस/विवाद हुँदै आएको छ ।

आयोजनाः लुम्बिनी क्षेत्र विकास कोष

कुल बजेटः ६ अर्ब १० करोड

आर्थिक वर्ष २०७४/७५ सम्मको प्रगति विवरण

  • भौतिक प्रगतिः शत प्रतिशत
  • वित्तीय प्रगतिः ९९ प्रतिशत

हालसम्मको प्रगति विवरण

  • भैतिक प्रगतिः ८० प्रतिशत
  • वित्तीय प्रगतिः ८० प्रतिशत

आयोजनााका मुख्य समस्या

  • १. जनशक्ति अभाव
  • २. अन्तर्राष्ट्रिय प्रतिबद्धताअनुरुप स्रोत प्राप्त नहुनु
  • ३. स्थानीय सहयोग जुटाउन नसक्नु

समाधानको प्रयास

  • १. पदपूर्तिको लागि लोकसेवा आयोगमा पत्राचार

शान्तिदूत गौतम वुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले लुम्विनी क्षेत्र विकास कोषको स्थापना भएको छ । यसले लुम्बिनी क्षेत्र संरक्षणको काम गर्दछ । र, अहिले लुम्बिनी विकास गुरु योजना बनाएर पनि लुम्बिनी समृद्धिको काम भइरहेको छ ।

आयोजनाः पशुपति क्षेत्र विकास कोष

कूल लागतः २ अर्ब ३ करोड

आर्थिक वर्ष २०७४/७५ को वजेटः ४४ करोड ४१ लाख

आर्थिक वर्ष २०७४/७५ को प्रगति विवरण

  • भौतिक प्रगतिः ६५ प्रतिशत
  • वित्तीय प्रगतिः ३० प्रतिशत

हालसम्मको प्रगति विवरण

  • भौतिक प्रगतिः ४०.२२ प्रतिशत
  • वित्तीय प्रगतिः ४०.२२ प्रतिशत

आयोजनाका मुख्य समस्या

  • १. दक्ष जनशक्तिको अभाव
  • २. मासिक मेला/पर्वका कारण काममा बाधा
  • ३. परम्परागत निर्माण सामग्रीको अभाव
  • समाधानका लागि भएका प्रयास
  • १. संगठन तथा व्यवस्थापन सर्वेक्षण
  • २. सेवा करारको प्रकृया सुरु

पशुपति क्षेत्र विकास कोष पशुपतिनाथ मन्दिर क्षेत्रको बृहत्तर विकासका लागि कार्यरत संस्था हो । पशुपति क्षेत्रलाई यसको प्रतिष्ठा एवं गरिमा अनुरुप व्यवस्थित गर्ने २०४३ सालमा स्थापना भएको हो ।

यस कोषले पशुपतिनाथका दैनिक पूजापाठका अतिरिक्त विशेष पूजा र महाशिवरात्रि बालाचतुर्दशी, तीज लगायतका पर्वहरूमा हुने पूजाहरू व्यवस्थित गर्ने गर्दछ । सँगै कोषले आफ्नो क्षेत्र संरक्षण गर्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV