१८ भाद्र २०७५, सोमबार
  • तारा आचार्य,

मोरङ, १८ भदौ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णको परम्परागत रथयात्रा सोमबार विराटनगरमा निकालिएको छ ।

वि. सं. १९८८ देखि विराटनगरवासीले प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगर वडा नं. १ पोखरिया स्थित राधाकृष्ण मन्दिरबाट राधाकृष्णको युगल जोडी सहितको रथयात्रा निकाल्दै आएका छन् । एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राईले रथयात्राको बेलुन उडाएर रथयात्राको शुभारम्भ गर्नुभयो ।

विगत ८६ वर्ष देखि मनाइदै आएकोे भगवान श्रीकृष्णको रथयात्रालाई विराटनगरमा मात्र नभई पूर्व कै प्रमुख पर्वका रुपमा लिने गरिन्छ । रथ तान्ने डोरी छोएमा आफुले गरेको पापबाट मुक्ति पाइने भएकाले डोरी छुन भक्तजनहरु बीच तछाडमछाड नै हुने गर्दछ ।

रथयात्रामा सहभागी हुन आएका भक्तजनहरुले डोरी तान्न पाएकोमा आत्मसन्तुष्टि व्यक्त गरेका छन् । करिब ८ किलोमिटरको दुरी पार गरी पुनः सोही मन्दिरमा फर्कने गरेको गरेको रथयात्रामा सुनसरी, मोरङ, झापा लगायत जिल्लाबाट र भारतको विभिन्न शहरबाट आएका भक्तजनहरु सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV