१८ भाद्र २०७५, सोमबार

भोजपुर । आफ्नै आमा बलत्कार गर्ने भोजपुरका २७ वर्षिया छिरिङ्गतेन्जिङ्ग शेर्पालाई जिल्ला अदालत भोजपुरले जन्मकैदको फैसला सुनाएको छ । जिल्लाको साल्पासिलिछो गाउँपालिका दोभानेकाका छिरिङ्गतेन्जिङ्गले ६२ वर्षिया आमालाई पटकपटक बलात्कार गरेपछि पिडित आमाले न्यायिक समितिमा केही समय अघि उजुरी दिएका थिए । तर न्यायिक समितिले यस्तो गम्भिर घटनालाई मिलाउन नमिल्ने भन्दै जिल्ला प्रहरी कार्यालय भोजपुरमा पठाएको थियो ।

पिडित पक्षले  जिल्ला अदालत भोजपुरमा छिरिङ्गतेन्जिङ्ग बिरुद्ध हाडनाता करणको उजुरी दिएपछि मुद्धा अघि बढाईएको थियो । थियो । जिल्ला न्यायाधिश हरिश्चन्द्र इङनाम लिम्बुको इजालसले २७ वर्षको जन्मकैद सजय सुनाएको जिल्ला अदालत भोजपुरका सूचना अधिकारी मणिराम पोखरेलले जानकारी दिनुभयो । शेर्पालाई हाड नाता करणी तर्फको कैद भएको सूचना अधिकारी पोखरेलले बताउनुभयो । शेर्पालाई गत असार ४ गते आमा बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV