१८ भाद्र २०७५, सोमबार

दमक । कक्षा ९ मा अध्ययनरत एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

दमक नगरपालिका(१ का सुमन राई र समिर श्रेष्ठ तथा कमल गाउँपालिका(५ का किरण श्रेष्ठलाई १४ वर्षीया किशोरीलाई गेष्टहाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ।

इलाका प्रहरीका डीएसपी श्यामलकुमार सुब्बाका अनुसार किशोरीलाई साउन २९ गते सामूहिक बलात्कार गरेका थिए। बलात्कार आरोपीलाई प्रहरीले जबरजस्ती करणी मुद्दा दर्ता गरी आवश्यक कारबाही अघि बढाइएकाे प्रहरीले बताए ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV