१८ भाद्र २०७५, सोमबार
  • प्रकाश/शरद,

चितवन, १८ भदौ । भरतपुर महानगरकी मेयर रेनु दाहालले नारायणगढको सहिद चोक देखि लायन्सचोकको सडकको क्यारीमा रोपिएका बिरुवाको गोडमेल गर्नु भएको छ । सो सडकको बिचको डिभाईडरको क्यारीमा रहेका फुलका बिरुवा भन्दा झार अग्लो भएर कुरुप बनेपछि त्यसको गोडमेलमा उहा आफै सरिक हुनु भएको हो । कोदालो तथा गैटीनै चलाएर उहाले क्यारीमा रोपिएका बिरुवाको गोडमेल गर्नु भयो ।

जिल्ला टफिक प्रहरी कार्यालय चितवनका टफिक प्रमुख बेद प्रसाद गौतमको नेतृत्वमा सुरु भएको क्यारी सफा तथा फुल रोपण कार्यक्रममा सरिक भएर करिव १ घण्टा गोडमेल र फुल रोप्ने काममा ब्यस्त हुन भयो ।

आफुहरु हरेक समय बजारमै घुम्नु पर्ने र बजारको मुख्य सडकको क्यारीमा झार उम्रिएर कुरुप देखिएपछि आफुले बिभिन्न सरफाईका क्षेत्रमा काम गर्ने संघ संस्थाका युवाहरुलाई सरीक बनाएर महानगर प्रमुख को उपस्थितिमा सरसफाई तथा फुल रोप्ने काम गरेको गौतमले बताउनु भयो ।

नारायणगढको मुख्य सडक क्षेत्रनै फोहोर देखिदा त्यसले नकारात्मक सन्देश दिने भन्दै बिभिन्न संघ संस्थाको पहलमा हरेक सनिबार र सोमबार बजार क्षेत्रमा सरसफाई समेत हुदै आएको छ ।

सो क्रममा बोल्दै मयेर दाहालले भरतपुर महानगरलाई देशकै सफा र हरियाली महानगर बनाउँदै स्मार्ट सिटीको अवधारणालाई साकार पार्ने आफनो चाहाना रहेकाले त्यसैको सुरुवातको लागी पहल कदमी गरिएको बताउनु भयो । उहाले नारायणगढ बजारलाई ग्रीनरी बजार बनाउन आफु लागेको र त्यसका लागी आफु मातहतका सबै निकायको उचित सहयोग हुनु पर्ने बताउदै स्थानिय बासिन्दाहरुले पनि बिशेष चासो दिनुपर्ने बताउनु भयो ।

सो क्रमामा बिभिन्न प्रजातिका फूललगायतका बिरुवा रोपिएको थियो । सरसफाई संगै सो क्षेत्र सुन्दर देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV