१८ भाद्र २०७५, सोमबार
  • शान्तिराज राई,

काठमाडौं, १८ भदौ । किरात राई यायोक्खाका कार्यवहाक अध्यक्ष दिवस राईले एक नम्बर प्रदेशको नाम किरात राख्न खस आर्य समुदायसँग पनि सहकार्य आजको आवश्यकता भएको बताएका छन् ।

कोटेश्वर स्थित किरात राई विद्यार्थी संघ केन्द्रीय कार्य समितिको २० औ स्थापना दिवसलार्इ शुभकामना दिने क्रममा उनले नेपाल बहु जातीय बहुभाषिक बहुसास्कृतिक बिबिधतायुक्त मुलुक भएको हुदा पहिचान प्राप्तिको लडाई र समृद्धिको लडाई आफ्नो सामुदायले मात्र पार लाउन नसक्ने भएकोले सबैको आवश्यक भएको बताएका छन् ।

हिजो पृथ्वीनारायण शाहले समेत वल्लो किरात पल्लो किरात र माझ किरात भनेर स्वीकार गरेको भूगोल र इतिहासलाई आज पुन नामांकन गर भनेर आफुहरुले माग अगाडि सारेको राईको दाबि छ । हिजोको साश्वेत यथार्थ लाई जातियतासँग नजोड्न आफुहरुले छलफल बहसलाई निरन्तरता दिएको र आज उक्त कुरा प्रति सबै बौद्धिक वर्ग दिनानु दिन कन्भिन्स हुदै आएको उनको बुझाई छ ।

नेपालको इतिहासले गौरव गर्न लायक कुनै इतिहास छ, भने किरात सभ्यता र किरात इतिहास छ । उनले भने, ‘यदि किरात सभ्यता र किरात इतिहासलाई नेपालको समग्र इतिहासबाट झिकेर फाल्दिने हो भने नेपाली इतिहास लंगडो हुने पक्का छ ।’ त्यसैले मुलुकको समग्र इतिहास सभ्यातालाई बचाएर लान खस आर्य समुदायसँग तालमेल गरेर जानु पर्ने र उक्त समुदायले पनि गम्भीर भएर सोचेर समर्थन गर्न उनले अनुरोध समेत गरेका छन् ।

उनले भने एक नम्बर प्रदेशलाई किरात नामकरण गर्न हाईकमाण्डका नेताहरुसँग आफुहरुको छलफल भैरहेको र प्रदेश तहको नेताहरुलाई पनि कन्भिन्स गराउन भित्रि रुपमा लागिरहेको खुलासा गरे ।

कार्यक्रममा पत्रकार जनकऋषि राईद्वारा सम्पादित ‘किन किरात प्रदेश’ नामक पुस्तक समेत बिमोचन भएको थियो ।

संघले स्थापना दिवसको अवसरमा आज (आइतबार) बिहान रक्तदान कार्यक्रम समेत गरेको थियो । उक्त रक्तदान कार्यक्रममा ३० जना बढीले रक्तदान गरेका थिए । यसका साथै स्थापना दिवस मनाउने क्रममा संघले किरातीहरुको इतिहास, परम्परा र संस्कृतिसम्बन्धी लिम्चुङबुङ फुल रोपेर आफ्नो २० औ स्थापना दिवस मनाएको संघका अध्यक्ष बिर्शीका राईले बताएकी छन् ।

कार्यक्रममा यायोक्खाका सल्लाहकार दुर्गा राई, संघका पूर्वअध्यक्ष तथा यायोक्खाका पूर्वमहासचिव चन्द्रविक्रम राई, पूर्व उपसचिव बिजेन्द्र राई, संघका पूर्व अध्यक्ष अर्जुन जम्नेली राई, राष्ट्र निर्माण अभियान्ता तथा अधिवक्ता किवाङ हाङ राई, यायोक्खा अन्तर्गत भातृसंस्थाका प्रतिनिधि लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV