१८ भाद्र २०७५, सोमबार

काठमाडौँ । दीपक महर्जनको स्वरमा रहेको गीत ’मनकी उजेली’ सामाजिक सञ्जाल युवट्रवबाट सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा नारायण भण्डारी ’जनकपुरी’ को शब्द र सङ्गीत रहेको छ । गीतको भिडियोमा प्रियंका कार्की , आयुष्मान देशराज जोशीसँगै फिल्म ’नाइँ नभन्नु ल ५’ मार्फत चर्चामा रहेका अनुभवले म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

अनुभवले म्युजिक भिडियोमा पनि प्रियंका कार्कीसँग स्क्रिन शेयर गरेका छन् । उनी प्रियंका र आयुष्मानका विचमा खलपात्र भएर फिचर्ड भएका छन् । गीतको भिडियोमा सुबोल थापाको कोरियोग्राफी रहेको छ भने बुद्ध थापाले छायाङ्कन गरेका छन् । विकास धमलाको सम्पादन रहेको गीतमा निकेश खड्काको निर्देशन रहेको छ ।

LIVE TV