१८ भाद्र २०७५, सोमबार

काठमाडौँ । पछिल्लो समय यूवापुस्ता माझ निकै लोकप्रिय संगीतकार हुन अर्जुन पोख्रेल । मायाप्रेमका गीतमा संगीत भर्न खप्पिस यी संगीतकारले नेपाली सांगीतिक क्षेत्रमा दर्जनौ हिट गीतहरु दिइसकेका छन् ।

अव कयौं हिट गीतहरु दर्शक श्रोताले एकै ठाउँमा सुन्न पाउने भएका छन् अर्थात अव ‘बिन्ध्यबासिनी संगीत साँझ २०७५’नामक कार्यक्रममा अर्जुन पोखरेलका रचनाहरु गुन्जिने छन् । मुक्तिनाथ बिकास बैंकको मुख्य प्रायोजन र बिन्दवासिनी फाउन्डेसनको आयोजनामा संगीतकार अर्जुन पोखरेल एकल साँझ सम्पन्न हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV