१८ भाद्र २०७५, सोमबार

काठमाडौं । मेलम्ची खानेपानी आयोजनालाई सुरुङ मार्ग निर्माणमा नयाँ प्रविधि अपनाउन एशियाली विकास बैंकले सुझाव दिएको छ ।

परामर्शदाताले तयार पारेको लार्के र यांग्रीेको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० माथि टिप्पणी गर्न आयोजनाले डाकेको छलफलमा एडिबिले यस्तो सुझाब दिएको हो ।

यांग्री खोलाबाट मेलम्ची खोलामा पानी खसाल्न ९ किलोमिटर सुरुङ र लार्के खोलाबाट यांग्रीमा पानी खसाल्न २ किमि गरी जम्मा ११ किमि सुरुङ खन्नु पर्ने प्रारम्भिक अध्ययनले देखाएको छ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV