१७ भाद्र २०७५, आईतवार

काठमाडाैँ । आयोजना : गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल
आर्थिक वर्ष २०७४/७५ को बजेट : १३ अर्ब ६१ करोड
कुल क्षेत्रफल : ७१५ विगहा
निर्माण सम्पन्न हुनुपर्ने मिति : १५ जुन सन् २०१८
म्याद थप पश्चात आयोजना सम्पन्न हुनु पर्ने मिति : २८ जुन सन् २०१९
आर्थिक वर्ष २०७४/७५ को प्रगति
भौतिक प्रगति : ८०.८८ प्रतिशत
वित्तीय प्रगति : १०० प्रतिशत
हालसम्मको कूल प्रगति
भौतिक प्रगति : ५० प्रतिशत
वित्तिय प्रगति : ६६.६३ प्रतिशत


गौतमबुद्ध विमानस्थल राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने विमानस्थल हो । लुम्विनीको पर्यटन प्रवद्धनमा यो विमानस्थल महत्पूर्ण हुने अपेक्षा छ । यो विमानस्थल सञ्चालनमा आएपछि काठमाडौंस्थित त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलले खेप्नु परेको चाप घट्ने छ । गौतमबुद्ध विमानस्थललाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा हेरिएको छ । स्थानीय बिबाद, मुअब्जा प्रकरण र निर्माण कम्पनीको आन्तरिक किचलोका कारण निर्माणमा ढिलासुस्ती भइरहेको विमानस्थल यही आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजनाः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल
कुल लागतः २१ अर्ब ४७ करोड
आर्थिक वर्ष २०७४/७५ को बजेट : ४ अर्ब ५३ करोड
आर्थिक वर्ष २०७४/७५ को प्रगति
भैतिक प्रगति : ३३.३४ प्रतिशत
वित्तीय प्रगतिः ३०.०४ प्रतिशत
हालसम्मको कूल प्रगति
भैतिक प्रगति : १५ प्रतिशत
वित्तीय प्रगति : ३०.०४ प्रतिशत

आयोजनाको मुख्य समस्या ः पहिलो भुक्तानी दिने नीतिगत समस्याका कारण ढिलाई
समाधानका प्रयास
१. आयोजनाको डिजाईन रिभ्यू र सुपरभिजन कन्सलट्याक्टसँग सम्झौता भई कार्य प्रारम्भ भएको
२. निर्माण दु्रत रुपमा अगाडि बढाइएको

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सन् २०२१ को जुलाईसम्म सक्ने गरी चिनियाँ कम्पनीले काम गरिरहेको छ । देशलाई समृद्ध बनाउने प्रमुख आधारको रुपमा पर्यटन प्रवद्र्धनको चर्चा चलिरहेको बेला अन्य विमानस्थलको तुलनामा यसलाई पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको छ । नेपालमा अधिकांश पर्यटक हिमाली क्षेत्रको भ्रमणको लागि आउने गरेका छन । तर, काठमाडौंमा अवतरण गरेर विमान वा गाडीमा पोखरा पुगेपछि मात्र उनीहरुको पर्यटकीय यात्रा सुरु हुन्छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि बाह्य पर्यटक सिधै पोखरा ओर्लिन सक्छन् । ०००

आयोजना : दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल, निजगढ
कूल बजेट : १ खर्ब २० अर्ब
आर्थिक वर्ष २०७४/७५ को वजेट : १ अर्ब २ करोड
आर्थिक वर्ष २०७४/७५ को प्रगति
भौतिक प्रगति :३९.४४ प्रतिशत
वित्तीय प्रगति : ७.६१ प्रतिशत
हालसम्मको कूल प्रगति
भौतिक प्रगति : ३९.४४ प्रतिशत
वित्तीय प्रगति : १.६२ प्रतिशत

आयोजनाको मुख्य समस्या
१. निर्माण मोडालिटी तय हुन नसक्नु
२. आयोजनाको लागि पूर्व तयारी नहुनु
समाधानका लागि भएका प्रयास
१. म्एच् को लागि च्ँए माग गरिएको
२. भ्क्ष्ब् प्रतिबेदन स्वीकृत भएको

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन बीस बर्ष अगाडि नै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको चर्चा चलाइएको थियो । यसअघि सन् २०१० मा कोरियन कम्पनी एलएमडब्लुले विमानस्थल निर्माणको अध्ययन प्रतिवेदन तयार पारेको थियो । एलएमडब्लुले करिब ५ खर्ब रुपैयाँको लगातमा वार्षिक ६ करोड यात्रु व्यवस्थापन गर्न सक्ने गरी दुईवटा धावनमार्ग र टर्मिनलसहितको अत्याधुनिक सुविधा सम्पन्न विमानस्थल बनाउन सकिने प्रतिवेदन दिएको थियो । सरकारले आफै निर्माण गर्ने भनिए पनि बिभिन्न समस्याका ढिलाई भइरह्यो । अहिले भने काम अगाडि बढाउन खासै समस्या नरेहको मन्त्रालयको भनाइ छ ।

१ खर्ब २० अर्ब को लागतमा तयार हुने यो विमानस्थलमा जुनकुनै विमान पनि अवरण गर्न सकिने छ । जसले अहिले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा परिरहेको चाप केही कम गर्ने छ भने त्रिभूवन विमानस्थलमा अवतरण गर्न नसकेका विमान भारत जानुपर्ने बाध्यता पनि टर्ने छ । २० वर्ष अगाडीदेखि नै चर्चा चले पनि निकै संभावना बोकेको विमानस्थल निर्माणको अहिलेसम्म ‘मोडालिटी’ नै तयार नहुनु भने विडम्बनाको विषय हो ।

लुम्बिनी, पोखरा र निजगढ विमानस्थल निर्माण हुँदा नेपालमा चार वटा अन्तर्राष्ट्रिय विमानस्थल हुन्छन् । तर, बन्ने विमानस्थलको सहज सञ्चालनका लागि भारतले हवाई रुट उपलब्ध गराउनु पर्ने छ । भारतले अहिलेसम्म नेपाललाई एउटा मात्र सिमराको रुट दिएको छ । नयाँ विमानस्थल सञ्चालनका लागि नेपाललाई नयाँ रुट आवश्यक पर्छ ।

नेपालले भारतसँग जनकपुर, नेपालगञ्ज र भैरहवाबाट पनि हवाई रुट मागेको छ । तर, थप हवाई रुट दिन भारतले नेपाललाई आफ्नो ‘स्याट्लाइट’ प्रयोग गर्नुपर्ने दबाब दिइरहेको छ । यसकारण विमानस्थल तयार भएर मात्र पनि पुग्दैन । नयाँ हवाई रुट आवश्यक छ । जसका लागि भारतसँग गम्भीर छलफल आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV