१७ भाद्र २०७५, आईतवार

सुनसरी । सन्तान दिए तर दृष्टि दिएनन् । आफ्ना सबै चार सन्तान दृष्टिविहीन बन्दा त्यो परिवारमा परेका पीडाको अनुभूत अन्यले गर्न सक्दैनन् पनि । सुनसरीको इटहरी निवासी तामाङ परिवार अहिले यस्तै बज्रपात सहेर जीवन गुजार्न विवश छ ।

सुनसरीको ईटहरी–२ निवासी तामाङ परिवारका सवै सन्तान दृष्टिविहीन छन् । वुढेसकालका सहारा आफ्ना सन्तान हुनु पर्ने तर सन्तानलाईनै आफुहरुले स्याहानु पर्ने भाग्यको नियतिप्रति उनिहरु उदास छन् । ईटहरी विवासी तामाङ दम्पती मनमाया तामाङ र लक्ष्मण तामाङको दैनिकी आफ्ना ४ सन्तान लाईनै स्याहार सुसारमा वित्ने गरेको छ ।

सुनसरीको ईटहरी २ मा रहेका तामाङ दम्पति लक्ष्मण र मनमायाको दैनिकी आफ्ना आँखा नदेख्ने ४ सन्तानको रेखदेखमा नै वित्ने गरेको छ । तामाङ दम्पतिका दुई छोरा र दुई छोरी छन् । सबै दृष्टिबिहीन र अपाङ्ग रहेका छन् । बाबु आमाका लागि छोराछोरी सबैभन्दा ठूलो सम्पति हुन् र बुढेसकालका सहारा पनि तर लक्ष्मण र मनमाया तामाङको भने यो सपना सपनामा मात्र सीमित बनेको छ ।

छोराछोरी बढ्लान पढ्लान् र बूढेसकालको साहारा होला भन्ने सोच्दा सोच्दै लक्ष्मण र मनमायाको जीवन कष्टकर बन्न पुग्यो । चार सन्तान जन्मेर बाँसको हलक्क हुर्कदै गए । पढ्नका लागि विद्यालय जान थाले । पढ्दै गए । पढाइमा पनि अब्बल बन्दै थिए तर ७ वर्षको उमेर पुगेपछि जेठी छोरी अस्मिताको आँखा एकाएक बन्द भयो ।

उनी दृष्टिविहीन बन्न पुगिन । उनी मात्र नभई ७ बर्ष पुग्ना साथ सबै सन्तान उस्तै दृष्टिविहीन बने । मनमाया र लक्ष्मणको कान्छो सन्तानका रुपमा जन्मिएका सन्दीप पनि कक्षा– २ मा अध्ययन गर्दा गर्दै अन्य झै ७ बर्षको उमेरमा नै दृष्टिबिहीन बन्न पुगे । उनी भने बोल्न सक्ने भएको कारण संगीत सिक्दै छन् ।

यी सन्तानका कारण आमाबाबुको जीवन झनै कष्टकर र कहालीलाग्दो बन्दै छ । अहिले कान्छो सन्दीप १३ र जेठी छोरी अस्मिता २७ वर्ष तथा अन्य दुई जना २५ र १८ वर्षका छन् । ४ सन्तानका पिता लक्ष्मण यस्तो दुख कसैलाई नपरोस् भन्छन् ।

अहिले विभिन्न सामाजिक संघ संस्थाहरुले गरेको सहयोगको भरमा उनीहरु बाँच्दै आएका छन् । तर सरकारी निकायहरुको दृष्टि भने यी दृष्टिविहीनहरु माथि पर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV