१७ भाद्र २०७५, आईतवार

मोरङ । विराटनगरका प्रिति साह विराटनगरमा आयोजना गरिएको बालगोपाल प्रतियोगितामा प्रथम भएका छन् । यसैगरी विराटनगरकै विमान कागलीवाला दोश्रो र प्रेम राठी तेश्रो भएका छन् ।

प्रत्येक वर्ष कृष्णाष्टमीको दिन आयोजना गरिने बालगोपाल प्रतियोगितामा विराटनगर र आसपास क्षेत्रका १ वर्ष देखि ५ वर्ष सम्मका ३५ जना बालबालिकाहरुले प्रतिष्पर्धा गरेका थिए । बालगोपाल प्रतियोगितामा बालबालिकाहरुको रुप, रंग, वर्ण र ऋंगारलाई आधार बनाएर बालबालिकाहरुलाई राधा र कृष्णको उपाधि दिने गरिन्छ । प्रतियोगितामा भाग लिने सहभागिहरुले भगवान श्रीकृष्ण र राधाको रुपमा सजिएर आउनु पर्दछ ।

विगत १३ वर्ष देखि वर्षेनी आयोजना गरिने सो प्रतियोगिता स्थानीय सत्यनारायण मन्दिरले आयोजना गर्दै आएको छ । विजयी बालबालिकाहरुलाई पुरस्कार र प्रमाणपत्र वितरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV