१७ भाद्र २०७५, आईतवार

काठमाडाैँ । नेपाली काँग्रेसले विधान संशोधन मस्यौदा तयार पार्न ३ वटा उपसमिति गठन गरेको छ ।

नेपाली काँग्रेसले आज पत्रकार सम्मेलनको आयोजना गरेर विधानको प्रारम्भिक मस्यौदा तयार पार्न संरचनासम्बन्धि उपसमिति, कार्य विभाजनसम्बन्धि उपसमिति र अन्य निकाय तथा आन्तरिक व्यवस्थापनसम्बन्धि उपसमिति गठन गरेको हो । राज्यको पुनर्संरचना अनुसार पार्टीको विधान संशोधन गर्ने जिम्मेवारी पाएको संरचनासम्बन्धि उपसमितिमा फरमूल्लाह मन्सुर संयोजक तथा आनन्दप्रसाद ढुंगाना, नविन्द्रराज जोशी र महालक्ष्मी डिना सदस्य छन् ।

त्यसैगरी पार्टीका सबै निकायको काम, कर्तव्य र अधिकारका प्रारम्भिक मस्यौदा तयार पार्ने जिम्मेवारी डा. मिनेन्द्र रिजाल संयोजक तथा दिलेन्द्रप्रसाद बडु, सिता गुरुङ र मदनबहादुर अमात्यलाई दिइएको छ ।

तीन वटै उपसमितिले आगामी भाद्र २३ गते भित्र विधान संशोधन सम्बन्धि प्रारम्भिक मस्यौदा तयार पारी समितिमा पेश गर्ने कार्यादेश समेत दिईएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV