१७ भाद्र २०७५, आईतवार

काठमाडाैँ । आगामी मगलबारबाट दशौं संस्करणको साफ च्याम्पियनशीप फुटबल प्रतियोगिता सुरु हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले सो प्रतियोगिताको उपाधि जिते जनही ५ लाख रुपैयाँ दिने घोषणा समेत गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आईतबार एक आयोजित कार्यक्रमबीच विदाई गर्दै प्रोत्साहन स्वरुप पुरस्कारको घोषणा गरेको हो । सहभागी खेलाडीहरुलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्ट, एन्फाका अध्यक्ष कर्मा शेर्पा लगायतले विदाई गरेका थिए । नेपाली टोलीमा कार्यवाहक मुख्य प्रशिक्षकको भुमिकामा बालगोपाल महर्जन छन् । नेपाल साफ च्याम्पियनशीपको सेमिफाइनलभन्दा अघि बढ्ने यो पटकको लक्ष्य भएको बताएका छन् ।

यता नेपाली टोलीमा किपिङमा किरणकुमार लिम्बू, विकेश कुथु र एलन न्यौपाने छन् । डिफेन्समा दिनेश राजवंशी, देवेन्द्र तामाङ, विराज महर्जन, अनन्त तामाङ, आदित्य चौधरी, रोहित चन्द र सुमन अर्याल छन् । मिडफिल्डमा हेमन्त थापा मगर, हेमन गुरुङ, विशाल राई, सुनिल वल, सुजल श्रेष्ठ र निराजन खड्का रहेका छन् भने फरवार्डमा भरत खवास, विमल घर्तीमगर, नवयुग श्रेष्ठ र अन्जन विष्ट छन् । भदौ १९ देखि ३० गतेसम्म जारी रहने प्रतियोगिताअन्तर्गत नेपालले आफ्नो पहिलो खेल भदौ १९ गते पाकिस्तानसँग, दोस्रो खेल २१ गते भूटानसँग र समूह चरणको अन्तिम खेल बङ्गलादेशसँग भदौ २३ गते खेल्नेछ ।

प्रतियोगितामा नेपालसहित बंगलादेश, पाकिस्तान र भूटान समूह ए मा छन् । त्यसैगरी भारत, माल्दिभ्स र श्रीलङ्का समूह बी मा परेका छन् । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु रंगशालामा प्रतियोगिताको सम्पूर्ण खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV